©2024 Banshu Gurung सर्वाधिकार शिरकारी सरदार गुरुङ स्मृति प्रतिष्ठान | Site By : Appharu

वंशु गुरुङ सन्ततिले घुमे सिन्धुली कलाघर, गरे सहयोग


सिन्धुली । सिन्धुलीको चपौलीमा रहेको सिन्धुली कला घर भ्रमण गर्नेको संख्या बढ्दो छ । तनहुँको शुक्लागण्डकी नगरपालिका १२, ढोर जस्पुरस्थित शिकारी सरदार वंशु (वंश) गुरुङ स्मृति प्रतिष्ठानका पदाधिकारीहरुले पनि कलाघर भ्रमण गरेका छन् ।

सिन्धुलीगढी विजयोत्सवको अवसरमा कमलामाई नगरपालिकाको निम्तोमा सिन्धुली गढी आएको मौका पारी वंशु गुरुङका सन्ततिले कलाघरको अवलोकन गरेका हुन् ।

प्रतिष्ठानका अध्यक्ष क्या. लालजंग गुरुङ नेतृत्वको टोलीले कलाघर भ्रमण गरेका थिए । उनीहरुले कलाघरमा सजाइएका सांगीतिक सामग्री, पुराना कला कृतिहरुको रुचीपूर्वक अवलोकन गरेका थिए ।

सिन्धुलीगढी आएको मौकामा सधै कलाघरका कलाकारसँग भेटघाट गर्दै आएका प्रतिष्ठान टोलीले यसपटक भने सुमन आइडुसहितको टोली देहरादुन कार्यक्रममा गएर फर्कदै गरेका कारण भेटघाट हुन सकेन् ।

सो अवसरमा प्रतिष्ठानको तर्फबाट कलाघरका कोषाध्यक्ष शिशिर शिद्धलाई रु ५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेका थिए ।