©2024 Banshu Gurung सर्वाधिकार शिरकारी सरदार गुरुङ स्मृति प्रतिष्ठान | Site By : Appharu

हाम्रो बारेमा

शिकारी सरदार वंशु (वंश) गुरुङले सिन्धुली गढीको युद्धमा अंग्रेज फौजलाई परास्त गर्न महत्वपूर्ण योगदान गरे । यो योगदानलाई इतिहासको स्मृतिमै सीमित पारिदिए । बल्लतल्ल अहिले आएर वीर योद्धा वंशु (वंश)को चर्चा परिचर्चा हुन थालेका छ । यो सुखद पक्ष हो ।

हाम्रा पुर्खाले गरेरका बहादुरी योगदानलाई ओझेलमा पार्ने काम भयो भन्ने हामीलाई लागिरहेकै थियो । २०७४ सालमा स्थानीय सरकार बनेसँगै वंशु (वंश) लगायतका वीर योद्धाको योगदानले बढी महत्वका साथ चर्चा पाउन थाल्यो । यी वीर योद्धाहरुको सम्मानले नै हामीलाई अघि बढ्न प्रेरित गर्छ भन्ने लाग्छ । त्यसैले हामीले हाम्रा पुर्खा वीर शिकारी सरदार वंशु (वंश) गुरुङ स्मृति प्रतिष्ठान गठन गर्ने निधोमा पुगेका हौं ।

पुर्खाको योगदानलाई चिरस्थायी राख्नका लागि सन्तानको नाताले सकेको योगदान गर्ने अभिप्रायले २०७६ सालमा प्रतिष्ठान गठन गरेर हामी अघि बढेका हौं । प्रतिष्ठानका तर्फबाट पुर्खा शिकारी सरदार वंशु (वंश) गुरुङको योगदानको सम्मानका लागि विभिन्न पहल कदमी चलाउँदै आएका छौं । राष्ट्रले शिकारी सरदार वंशु (वंश) लाई राष्ट्रिय विभूतिको सम्मान दिनुपर्नेमा हाम्रो जोड रहँदै आएको छ ।

शिकारी सरदार वंशु (वंश) को समेत योगदानले नेपाल देशको स्वाभिमान बचेको छ । नेपाली सार्वभौमिकताको रक्षा भएको छ । त्यसैले शिकारी सरदार वंशु (वंश) लाई राष्ट्रको सम्मान जरुरी छ भन्ने हाम्रो ठम्याई हो । त्यसैले पनि हामीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेरै शिकारी सरदार वंशु (वंश) लाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेका छौं ।

यससँगै प्रतिष्ठानले विभिन्न गतिविधिहरु अघि बढाउँदै आएका छौं । प्रतिष्ठानले शिकारी सरदार वंशु (वंश) को योगदानबारे सबैमा जानकारी गराउनका लागि विभिन्न क्रियाकलाप गर्दै आएका छौं । अतः प्रतिष्ठानको गतिविधिबारे आमसर्वसाधारणलाई जानकारी दिन मुखपत्रका रुपमा यो अनलाइन प्रस्तुत गरेका हौं ।

यस अनलाइनमार्फत प्रतिष्ठानले गर्ने गतिविधिबारे जानकारी दिनेछौं । सिन्धुलीगढी युद्ध, शिकारी सरदार वंशु (वंश) लगायतका विषयमा लेखिएका सामग्री प्रस्तुत गर्दै जाने उद्देश्य हाम्रो छ । तपाईहरुको स्वतन्त्र राय सुझावको अपेक्षा सहित सहयोगको आशा राखेका छौं ।