©2024 Banshu Gurung सर्वाधिकार शिरकारी सरदार गुरुङ स्मृति प्रतिष्ठान | Site By : Appharu

पुर्खालाई सम्झँदै वंशु गुरुङका सन्ततिले मनाए २५७औं सिन्धुली गढी विजयोत्सव


तनहुँ । विश्वमा पहिलोपटक अंग्रेज फौजलाई परास्त गर्ने आफ्ना पुर्खालाई सम्झँदै वंशु गुरुङका सन्ततिले सिन्धुलीगढी विजयोत्सव मनाएका छन् ।

१८२४ साल असोज १५ गतेका दिन क्या. किनलकको नेतृत्वमा आएको अंग्रेज फौजलाई सिन्धुली गढीमा वंशु गुरुङको नेतृत्वमा परास्त गरेका थिए । सोही दिनको सम्झनामा असोज १५ गते मंगलबारका दिन वंशु गुरुङका सन्ततिले वंशु गुरुङको शालिकमा माल्यार्पण गरेका छन् ।

शुक्लागण्डकी नगरपालिका १२ ढोर जस्पुरमा निर्मित वंशु गुरुङको शालिकमा माल्यार्पण तथा वीर योद्धाको सम्मानमा राष्टिय झण्डा फहराउँदै उनीहरुले आफ्ना पुर्खाको योगदानको स्मरण गरेका छन् ।

देशभर परेको अविरल वर्षासँगै बाढी पहिरोका कारण भव्य कार्यक्रम नगरी पुर्खाको शालिकमा माल्यार्पण गरिएको जनाएको छ । गत वर्षहरुमा मुख्यमन्त्री, मन्त्री, नगरपालिका प्रमुख, उपप्रमुख लगायतको उपस्थितिमा मनाउँदै आएको थियो ।

कार्यक्रममा शिकारी सरदार वंशु (वंश) गुरुङ स्मृति प्रतिष्ठानका अध्यक्ष क्या. लालजंग गुरुङ, शुक्लागण्डकी नगरपालिकाका पूर्वमेयर किसान गुरुङ, क्या. गज बहादुर गुरुङ, आशबहादुर गुरुङ, डिल्लीजंग गुरुङ, लक्ष्मी गुरुङ, बुद्धि बहादुर गुरुङ, तीर्थबीर गुरुङ, क्षितिज गुरुङ, गोबिन्द गुरुङ, इन्द्र गुरुङ, दिल सुभा गुरुङ लगायत त्रिभुवन प्राविका विद्यार्थीहरु सहभाागी थिए ।