सिन्धुली । शिकारी सरदार वंशु (वंश) गुरुङ स्मृति प्रतिष्ठानको टोलीले सिन्धुलीको कमलामाई नगरपालिका ३ चपौलीस्थित सिन्धुली कलाघरको अवलोकन गरेका छन् ।
सिन्धुलीगढी विजयोत्सवको अवसर पारेर सिन्धुली आएका बेला शिकारी सरदार वंशु (वंश) गुरुङका सन्ततिहरुले कलाघरको अवलोकन गरेका हुन् ।
शिकारी सरदार वंशु (वंश) गुरुङका सन्ततिले कलाघरमा बनेका विभिन्न कलाको अवलोकन गर्नुका साथै सहयोग समेत गरेका छन् । प्रतिष्ठानको तर्फबाट कलाघरका लागि २९ हजार रुपैयाँ सहयोग गरेका छन् ।
प्रतिष्ठानका अध्यक्ष क्या. लाल जङ्ग गुरुङ, पाइलट क्याप्टेन ओम गुरुङ, शमसेर गुरुङ, बिनु गुरुङ, हिमाल गुरुङ, बुद्धीबहादुर गुरुङ, मनिराज गुरुङ, कुसुम गुरुङ, नवीन बाबू गुरुङ, रामु गुरुङ, बबरजङ गुरुङ, डिल्ली जङ गुरुङ लगायत व्यक्तित्वहरु टोलीमा सहभागी थिए ।
कार्यक्रममा उपस्थित वंशुका सन्ततिलाई कलाघरका कलाकारहरुले बाजागाजा र नृत्य सहित स्वागत गरेका थिए ।