©2025 Banshu Gurung सर्वाधिकार शिरकारी सरदार गुरुङ स्मृति प्रतिष्ठान | Site By : Appharu

शिकारी सरदार वंशुको ५ लाख प्रति हुलाक टिकट छापियो


काठमाडौं । शिकारी सरदार वंशु (वंश) गुरुङको तस्वीर अंकित हुलाक टिकट ५ लाख प्रति छापिएको छ ।

२०८१ चैत २८ गते सार्वजनिक भएको सो हुलाक टिकट ५ लाख छापिएको हुलाक सेवा विभागका कला अधिकृत पूर्णकला लिम्बुले जानकारी दिनुभयो ।

विश्वमा पहिलोपटक अंग्रेज फौज परास्त गरेर नेपालको भूगोलको रक्षा गर्ने सिकारी सरदार वंशु (वंश) लेम गुरुङको तस्वीर अंकित हुलाक टिकट प्रकाशन भएको छ ।

बि.सं. १८२४ असोज १५ गते भएको सिन्धुलीगढी युद्धमा अंग्रेज फौजलाई पराजय गरेर नेपाललाई वैदेशिक आक्रमणबाट बचाएर नेपालको अस्तित्व जोगाउन योगदान दिएको भन्दै हुलाक सेवा विभागले उनको तस्वीर अंकित हुलाक टिकट प्रकाशन गरेको हो ।

नेपालको अस्तित्व जोगाउन महत्वपूर्ण योगदानको गरेकाले हुलाक टिकट प्रकाशनको माग गर्दै सिकारी सरदार वंशु ९वंश० गुरुङ स्मृति प्रतिष्ठानले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ज्ञापनपत्र बुझाएको थियो । मन्त्रालयले चैत १७ गते वंशुको तस्वीर अंकित हुलाक टिकट प्रकाशन गर्ने निर्णय गरेको थियो ।

थप यो समाचार पनि पढ्नुहोस्