©2025 Banshu Gurung सर्वाधिकार शिरकारी सरदार गुरुङ स्मृति प्रतिष्ठान | Site By : Appharu

वंशु (वंश) गुरुङ स्मृति प्रतिष्ठानबाट विभिन्न व्यक्तित्वलाई सम्मान


पोखरा । सिकारी सरदार वंशु (वंश) गुरुङ स्मृति प्रतिष्ठानले सिन्धुलीगढी २५८औं विजयोत्सवको अवसरमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।

पोखरामा आयोजित विजयोत्सव समारोहमा प्रतिष्ठानलाई अग्रसर बनाउनका लागि विशेष योगदान गरेवापत बिनु गुरुङलाई दोसल्ला तथा सम्मानपत्र प्रदान गरिएको थियो ।

शुक्लागण्डकी नगरपालिका १२ ढोर जस्पुरमा सिकारी सरदार वंशु (वंश) गुरुङको शालिक निर्माणमा अहोरात्र खटिएर योगदान दिएका क्या. चिनबहादुर गुरुङलाई पनि दोसल्ला तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतिष्ठानलाई आर्थिक रुपमा सहयोग पुर्याएका हङकङमा बसोबास गर्दै आएका चन्द्रबहादुर गुरुङ/श्रीमती राजकुमारी गुरुङलाई दोसल्ला तथा सम्मान पत्र प्रदान गरी सम्मान गरिएको थियो ।

त्यस्तै, सिकारी सरदार वंशु गुरुङलाई राज्यबाट सम्मान दिलाउन र प्रतिष्ठानको हरेक कार्यमा सहयोग पुर्याएको भन्दै एबीसी टेलिभिजनका सम्पादक डण्ड गुरुङलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा प्रतिष्ठानलाई सहयोग गर्दै आएको चेलीबेटी समूहलाई समेत सम्मान गरिएको थियो ।

सिकारी सरदार वंशु खलकका वंशावली लेख्ने स्वर्गीय नरबहादुर गुरुङकी श्रीमतीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा वंशु सन्ततिका जेष्ठ व्यक्तित्व भद्रसिंह गुरुङ, शैक्षिक व्यक्तित्व रुपबहादुर गुरुङ र प्रतिष्ठानका अध्यक्ष क्या. लालजंग गुरुङले सम्मानित व्यक्तित्वहरुलाई दोसल्ला ओढाउँदै सम्मानपत्र प्रदान गरिएको थियो ।

कार्यक्रम सञ्चालन हुकुमसिंह गुरुङ र राजेश गुरुङले सञ्चालन गरेका थिए ।