©2025 Banshu Gurung सर्वाधिकार शिरकारी सरदार गुरुङ स्मृति प्रतिष्ठान | Site By : Appharu

कमलामाई नगरपालिकाबाट सिकारी सरदार वंशु गुरुङ स्मृति प्रतिष्ठान सम्मानित


सिन्धुली । कमलामाई नगरपालिकाले सिकारी सरदार वंशु (वंश) गुरुङ स्मृति प्रतिष्ठानलाई सम्मान गरेको छ । २५८औं सिन्धुलीगढी विजयोत्सवको अवसरमा कात्तिक २४ गते आयोजित समारोहमा प्रतिष्ठानलाई सम्मान गरिएको हो ।

समारोहमा प्रतिष्ठानका अध्यक्ष लालजंग गुरुङलाई बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सम्मान पत्र प्रदान गरेका हुन् ।

कमलामाई नगरपालिकासँगको निरन्तर सरकारर्य गदैै यसवर्ष निवन्ध प्रतियोगिता सम्पन्न गर्न प्रतिष्ठानले नगरपालिकासित साझेदारी गरेको भन्दै नगरपालिकाले प्रतिष्ठानलाई सम्मान गरेको हो ।

तनहुँको शुक्लागण्डकी नगरपालिका १२ ढोर जस्पुरबाट वंशुका सन्ततिहरु २०७४ सालदेखि निरन्तर रुपमा सिन्धुलीगढी विजयोत्सव तथा गढीमा आयोजना गरिने अन्य कार्यक्रमहरुमा सहभागिता जनाउँदै आएका छन् ।

आफ्ना पुर्खाको सम्मानका लागि निरन्तर लागिपरेका प्रतिष्ठानको पहलमा नेपाल सरकारले वंशु गुरुङको तस्वीर अंकित हुलाक टिकट प्रकाशन गरेपछि वंशुका सन्तति थप उत्साहित बनेका छन् ।

सोही समारोहमा प्रतिष्ठानका तर्फबाट मुख्यमन्त्री बानियाँलाई हुलाक टिकट र नगर प्रमुख उपेन्द्र पोखरेललाई वंशुका थातथलो झल्कने क्यान्भास चित्र तथा धन्यवाद पत्र प्रदान गरिएको थियो ।