©2024 Banshu Gurung सर्वाधिकार शिरकारी सरदार गुरुङ स्मृति प्रतिष्ठान | Site By : Appharu

गण्डकी प्रदेश प्रमुखसँग शकारी सरदार वंशु (वंश) गुरुङ स्मृति प्रतिष्ठानको प्रतिनिधि मण्डलको भेट


पोखरा । शिकारी सरदार वंशु (वंश) गुरुङ स्मृति प्रतिष्ठानका प्रतिनिधि मण्डलले गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङसँग भेटवार्ता गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष क्या. लालजंग गुरूङको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले गण्डकी प्रदेश प्रमुखलाई भेटी प्रतिष्ठानले गर्दै आएको गतिविधि अवगत गराएका छन् ।

सिन्धुली गढीमा अंग्रेजसँग १८२४ मा भएको युद्धमा शिकारी शरदार वंशुले देखाएको रण कौशलले नेपाल जीवित रहन पुगेको र त्यसको बदलामा राज्यको तर्फबाट आफ्ना पुर्खा वंशुले कुनै सम्मान नपाएकोप्रति प्रतिष्ठानका बेलायत संयोजक लेख गुरुङले गुनासो समेत सुनाए ।

प्रतिष्ठानले प्रदेश प्रमुखसँग वंशु गुरुङलाई रास्ट्रिय बिभूति घोषणा गरेर सम्मान गर्नका लागि आवश्यक पहलकदमी गरिदिन समेत अनुरोध गरेको छ ।

सो अवसरमा प्रदेश प्रमुख गुरुङले सिन्धुली गढी युद्ध लडेका वंशु गुरुङ ढोर जस्पुरको भएको पहिले नै थाहा भएको भन्दै वंशुको सम्मानका लागि आफूले पनि सक्दो पहल गर्ने आश्वासन दिएका थिए ।

सो अवसरमा गण्डकी प्रदेशका सांसद सरस्वती गुरुङ र वंशुका सन्ततिहरुको उपस्थिति रहेको थियो । सो अवसरमा प्रदेश प्रमुखलाई प्रतिष्ठानले प्रकाशन गरेको ‘वंशु गुरुङ’ स्मारिका समेत हस्तान्तरण गरिएको थियो ।