©2024 Banshu Gurung सर्वाधिकार शिरकारी सरदार गुरुङ स्मृति प्रतिष्ठान | Site By : Appharu

सांसद शंकर भण्डारीले संसदमा भन्नुभयो, ‘वंशु (वंश) गुरुङलाई राष्ट्रिय विभूति घोषणा गरियोस’ (भिडियो)


काठमाडौं । तनहुँ क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य शंकर भण्डारीले सिन्धुली गढीमा अंग्रेज पराजित गर्न महत्वपूर्ण भूमिका खेलेका शिकारी सरदार वंंशु (वंश) गुरुङलाई राज्यले राष्ट्रिय विभूति घोषणा गर्न माग गर्नुभएको छ ।

चैत २४ गते प्रतिनिधिसभा बैठकको सून्य समयमा बोल्दै सांसद भण्डारीले इतिहासको सम्मान गर्नुपर्ने भन्दै इतिहासको कालखण्डमा देश बचाउन योगदान पुर्याएकाले वंशु गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गर्नुभएको हो ।

वंशुका सन्तति आफ्नो निर्वाचन क्षेत्रस्थित शुक्लागण्डकी नगरपालिका १२, ढोर जस्पुरमा बस्ने भन्दै उहाँले भन्नुभयो, ‘आज उनको सन्तान मेरो निर्वाचन क्षेत्रमा रहेको शुक्लागण्डकी १२ ढोर जस्पुरमा बस्छन् । उनीहरूले वीरयोद्धा वंशुको शालिक बनाएर सम्मान गरेका छन् । यो उनीहरूले आफ्ना पुर्खामाथि गरेको सम्मान हो । तर, नेपाल सरकारले अहिलेसम्म नेपाल बचाउने बाजे वंशु गुरूङको सम्मानमा केही गर्न सकेन । तेसैले नेपाल बचाउने बाजे वंशुलाई राष्ट्रिय विभूति घोषाणा गरियोस ।’

https://www.facebook.com/1312630516/videos/182194894663482/