©2024 Banshu Gurung सर्वाधिकार शिरकारी सरदार गुरुङ स्मृति प्रतिष्ठान | Site By : Appharu

बेलायतको नेपाली मेला झाँकीमा शिकारी सरदार वंशु गुरुङको फोटो प्रदर्शन


काठमाडौं । तमुधिँ युकेले आयोगना गरेको १४औं नेपाली मेलाको अवसरमा ‘नेपाल बचाउने बाजे’ शिकारी सरदार वंशु (वंश) गुरुङप्रति सम्मान प्रदान गरिनुपर्ने आवाज उठेको छ ।

मेलामा शिकारी सरदार वंशु (वंश) गुरुङ स्मृति प्रतिष्ठानको तर्फबाट बंशुका खलकले यस्तो माग उठाएका हुन् ।

शिकारी सरदार वंशु (वंश) गुरुङको फोटोमा मायाल्र्पण गर्दै झाँकी प्रदर्शन गरिएको थियो । तनहुँको शुक्लागण्डकी नगरपालिका १२ ढोर जसपुरका लेम (लाम्छाने) भाइ खलकले शिकारी सरदार वंशुलाई राष्ट्रिय सम्मान प्रदान गरिनुपर्ने आवाज पुनः उठाए ।

सो प्रतिष्ठानले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरी ज्ञापन पत्र बुझाएर समेत शिकारी सरदार वंशु (वंश) गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरिएको थियो ।

प्रतिष्ठानका तर्फबाट बोल्दै बेलायत संयोजक लेख गुरुङले भन्नुभयो, ‘नेपालको स्वाभिमान, नेपालीको अस्तित्वको रक्षाका लागि शिकारी सरदार वंशु (वंश) गुरुङले अंग्रेजसित १८२४ सालमा सिन्धुली गढीमा भएको युद्धमा अतुलनीय योगदान दिनुभएको थियो । विश्वमा अंग्रेजलाई पहिलोपटक पराजित गरेको सिन्धुली गढीको युद्धमा शिकारी सरदार वंशु (वंश) गुरुङकै नेतृत्वमा ढाड हानेर अंग्रेज फौज तितरवितर पारिदिएपछि अंग्रेज फौज परास्त भएको थियो । त्यसैले पनि शिकारी सरदार वंशु (वंश)को योगदानलाई सम्मान गर्दै राष्ट्रिय विभूति घोषणा गर्नु नेपाल सरकारको ध्यानाकर्षण गर्दछौं ।’


बेलायत संयोजक लेख गुरुङले प्रस्तुत गर्नुभएको मन्तव्यको पूर्णपाठ–

कार्यक्रमका अध्यक्षज्यू
प्रमुखअतिथिज्यू, अतिथिज्यूहरु
बेलायतमा बसोबास गर्नु हुनै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सबैभन्दा पहिला शिकारी सरदार वंशु ९वंश० गुरुङ स्मृति प्रतिष्ठानको तर्फबाट नमस्कार ।

शिकारी सरदार वंशु (वंश) गुरुङको खलकको नाताले हामीलाई बोल्ने समय उपलव्ध गराउनुभएकोमा आयोजक तमुधिँ युकेप्रति आभार व्यक्त गर्न चाहन्छु ।

सबैभन्दा पहिला त, हाम्रो जन्मथलो नेपालको भूमि रक्षाका लागि विशेष योगदान दिनु हुने हाम्रो पुर्खा शिकारी सरदार वंशु ९वंश० गुरुङज्यूप्रति उच्च सम्मान अर्पण गर्दै श्रद्धा सुमन चढाउन चाहन्छु ।

नेपालको स्वाभिमान, नेपालीको अस्तित्वको रक्षाका लागि शिकारी सरदार वंशु (वंश) गुरुङले अंग्रेजसित १८२४ सालमा सिन्धुली गढीमा भएको युद्धमा अतुलनीय योगदान दिनुभएको थियो । विश्वमा अंग्रेजलाई पहिलोपटक पराजित गरेको सिन्धुली गढीको युद्धमा शिकारी सरदार वंशु (वंश) गुरुङकै नेतृत्वमा ढाड हानेर अंग्रेज फौज तितरवितर पारिदिएपछि अंग्रेज फौज परास्त भएको थियो । त्यसैले पनि शिकारी सरदार वंशु (वंश)को योगदानलाई सम्मान गर्दै राष्ट्रिय विभूति घोषणा गर्नु नेपाल सरकारको ध्यानाकर्षण गर्दछौं । हामीले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर समेत सिन्धुली गढी युुद्धमा अंग्रेज परास्त गर्ने शिकारी सरदार वंशु (वंश) लेम गुरुङलाई राष्ट्रिय विभूति घोषणाका लागि माग गरिसकेको यहाँ स्मरण गर्न चाहन्छु ।

शिकारी सरदार वंशु (वंश) गुरुङका सन्तान हाम्रो नेपालमा तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर १२ ढोर जस्पुरमा स्थायी बसोबास हो । हामी लेम ९लाम्छाने० गुरुङ हौं । शिकारी सरदार वंशु (वंश) गुरुङ लेम (लाम्छाने) गुरुङ हो भन्ने कुरामा कोही कसैले भ्रम नपाल्न समेत अनुरोध गर्दछौं । पुर्खाको सम्मान, इज्जत, मान प्रतिष्ठाका लागि हामीले शिकारी सरदार वंशु (वंश) गुरुङको गठन समेत गरी विभिन्न कार्यक्रम गर्दै आएको स्मरण गर्न चाहन्छौं । नेपाल भूमि बचाउने बाजे शिकारी सरदार वंशु (वंश) गुरुङको सम्मानमा एकपटक सबैले ताली बजाइदिनु हुन यहाँ उपस्थित सबैमा हार्दिक अनुरोध गर्दै म बिदा हुन चाहन्छु । पुर्खाको सम्मान गरौं, जय वंशु (वंश) लाम्छाने गुरुङ । सबैको जय होस ।